८ बर्ष अगि पत्रकार थापालाई जिउँदै गाडिएको खुलासा
Khabar Bitra ko Khabar Jan 7 2013
मुख्य पृष्ठसमाचारदेशअर्थप्रवासी नेपाली गतिविधिमनोरञ्जनखेलकुदसम्पर्कअन्तराष्ट्रिय. ८ बर्ष अगि पत्रकार थापालाई जिउँदै गाडिएको खुलासा
दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई कुटपिटपछि जिउँदै खाल्डोमा पुरेर मारेको रहस्य खुलेको छ । उनको हत्या अभियोगमा पक्राउ परेकाहरूले चरम यातनापछि सास छँदै खाल्डोमा पुरेको प्रहरीसमक्ष बयान दिएपछि यो रहस्य खुलेको हो । पक्राउ परेकामध्ये लछीराम घर्तीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार थापालाई चार दिनसम्म चरम यातना दिइएको र अन्तिम दिनको यातनामा होस गुमाएपछि म¥यो भन्दै खाल्डोमा गाडिएको थियो ।
Journalist Dekendra Thapa's Murder arrested January 7th 2013

घर्तीले आफूले खाल्डो खनेको र हत्यामा नौजना संलग्न रहेको बयान दिएका छन् ।पत्रकार थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरूले खानेपानीको विवाद मिलाउनुपर्ने भन्दै १२ असार २०६१ मा अपहरण गरेर २७ साउनमा हत्या गरेका थिए । प्रहरीले हत्यामा संलग्नमध्ये पाँचजनालाई शनिबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा घर्तीका साथै हरिलाल पुनमगर, वीरबहादुर केसी, निरकबहादुर घर्ती मगर र जयबहादुर शाही छन् । वीरबहादुर एमाओवादीका जिल्ला सदस्य हुन् भने बाँकी सकै नेकपा–माओवादीमा आबद्ध छन् । जयबहादुर सो पार्टीका भेरी–कर्णाली राज्य समिति सदस्य हुन् । प्रहरी निरीक्षक विनोद शर्माले दिएको जानकारीअनुसार पत्रकार थापाको ढुकढुकी बाँकी रहेकै अवस्थामा उनलाई लतार्दै लगेर गाडिएको खुलेको छ ।

Related Posts Plugin for WordPress, Blogger...